भरौल गोल्डकप सन्चालन हुने - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

भरौल गोल्डकप सन्चालन हुने



-ओम प्रकाश बानियाँ

न्यु स्टार फुटबल क्लबको अायोजना साबिक भरौल गा.बि.स.को संयोजनमा भरौल गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करण सन्चालन हुने भएको छ ।

अागामि फागुन १० गते बाट संचालन हुने उक्त प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । स्थानिय सहयोगि दाताहरु, शिक्षक बुद्धिजिबि, संघ संस्थाका प्रतिनिधिहरु सहित वराह न.पा. वडा न.५ का वडा अध्यक्ष समेत उपस्थितिको अाम भेला बाट सो आयोजना गर्ने निर्णय भएको न्यु स्टार फुटबल क्लबका अध्यक्ष भेष राज कार्कीले बताउनु भयो ।

यसपालि बाट पुरस्कार राशि समेत गत बर्षको भन्दा दोब्बर गर्ने सहमति भएको छ । यसपालि प्रथम विजेताले रु २ लाख सहित ट्रफी हात पार्ने छन् भने उप विजेताले १ लाख नगद र ट्रफी हात पार्ने अध्यक्ष कार्कीले बताउनु भयो ।