लोकसंस्कृतिमै विकृति ल्यायो भन्दै औद्योगिक व्यापार मेलामा गायिका ज्योति मगरलाई निषेध - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

लोकसंस्कृतिमै विकृति ल्यायो भन्दै औद्योगिक व्यापार मेलामा गायिका ज्योति मगरलाई निषेध



कास्की-लेखनाथ उद्योग वाणिज्य संघले प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गायिका ज्योति मगरलाई निषेध गर्ने भएको छ।

लेखनाथको डाँडाको नाकमा माघ ११ गतेदेखि २२ गते सम्म हुने १४ औं संस्करणको महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले ज्योति मगरलाई निषेध गरेको बताएका हुन्।

‘ज्योति मगरको प्रस्तुतिले लोकसंस्कृतिमै विकृति ल्यायो’ संघका अध्यक्ष कृष्णहरि भण्डारील भने ‘यस्ता कलाकारलाई प्रोत्साहन गदौ झन विकृति फैलिन सक्छ ‘ मेलाले लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास एवम् समृद्धि हुने विश्वास र उद्देश्यका साथ महोत्सव आयोजना गरिएको भन्दै बिकृती फैलाउने कलाकारलाई निषेध गरेको उनले जानकारी दिए ।

आयोजकका अनुसार महोत्सवका आकर्षणमा औद्योगिक व्यापार मेला अवलोकनका साथै विभिन्न परिकारको स्वादमा रमाउँदै हस्तकलाका समान, स्थानीय रुपमा उत्पादन, राष्ट्रिय कलाकारका मनोरञ्जनात्मक प्रस्तुती रहने छन्।

सांस्कृतिक कार्यक्रम अन्तर्गत लुकेको प्रतिभाको खोजी अभियान अन्तरर्गत पहिलो पटक एकल नृत्य विधामा गण्डकी तारालाई निरन्तरता दिइने संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिए ।

महोत्सवमा करिब एक करोड आम्दानी र खर्च ८० देखि ८५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

संघका उपमहासचिव एवम् प्रचारप्रसार उप समितिका संयोजक गोपिचन्द्र बास्तोलाका बचतको १५ देखि २० लाख रुपैयाँ सामाजिक सामाजिक क्षेत्रकालागी खर्च गरीने छ । महोत्सवमो तीन लाख दर्शकले अवलोकन गर्ने विश्वास आयोजकको छ।देश संचारको सहयोगमा