अमेरिकामा बन्दुकधारीद्वारा एक नेपाली युवा माथि आक्रमण गरी हत्या - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

अमेरिकामा बन्दुकधारीद्वारा एक नेपाली युवा माथि आक्रमण गरी हत्या



वाशिङ्टन डिसी- अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन्।

टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन्। सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए।

प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ। उनी केही समयअगाडि नेपालबाट आएका थिए। दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए। रासस