मोदीद्वारा ओलीलाई फोन गरी भावी प्रधानमन्त्रीको रुपमा शुभकामना - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

मोदीद्वारा ओलीलाई फोन गरी भावी प्रधानमन्त्रीको रुपमा शुभकामना



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् । ओलीलाई मोदीले फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामनाका साथै भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन् ।

मोदीले ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताए । ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरे । प्रधानमन्त्री मोदीले यस अघिको नेपाल भ्रमणमा यी तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए ।