स्वास्थ्यमन्त्री दिपक बोहराको झेलको खेल - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

स्वास्थ्यमन्त्री दिपक बोहराको झेलको खेल



आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन् ।

मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गतेको ४० औं सिनेट बैठकको निरन्तरतास्वरुप बैठक डाक्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री बोहरा प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई नै हटाउने प्रयासमा छन् ।

प्रतिष्ठानको सुहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री बोहराले निर्देशन अवज्ञा गरेको भन्दै एक साताअघि उपकुलपति रौनियारलाई स्पष्टीकरण सोधिसकेका छन् ।

स्पष्टीकरणमा चित्त नबुझेको भन्दै मन्त्री बोहराले थप कारबाहीका लागि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पत्राचार गरिसकेको स्रोतको भनाइ छ ।

आजको नागरिक दैनिकमा यो खबर छापिएको छः