देउराली सांस्कृतिक मंचको कार्यक्रममा नि:शुल्क स्वास्थ्य परिक्षण गरिने
नयाँ दिल्ली
भारतको राजधानी नयाँ दिल्लीमा नयाँ वर्ष २०१८ एवं भारतीय गणतन्त्र दिवसको अवसर पारेर गर्ने लागिएको सांस्कृतिक कार्यक्रममा नि:शुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ । केअर फोर क्युअर र के आई नेपालको संयुक्त आयोजनामा उक्त स्वास्थ्य परिक्षण गरिने बताएका छन् ।
उक्त स्वास्थ्य परिक्षणमा बोन डेस्ट्रोमेट्रि,ईसीजी ,ब्लड सुगर ,ब्लड प्रेसर र बीएमआइ निसुल्क गरिने छ भने मुटु रोग विशेषज्ञ,हाट जोर्नी ,जनरल फिजिसियन आदि डाक्टरहरु उपस्थित हुने केअर फोर क्युअरका सस्थापक एल पी पाण्डेले हिमाल पोस्टलाई जानाकारी गराए ।
कार्यक्रम कुनै पनि बेला जो कोहि पनि आकस्मिक बिरामी हुन सक्ने र तुरुन्तै उपाचार गर्ने हेतुले निशुल्क एम्बुलेन्स उपलब्ध रहेको बताएका छन् ।
दिल्लीमा जुन कुनै संघ सस्थाको कार्यक्रम आयोजना भए पनि केअर फोर क्युअरले निसुल्क सेवा दिदै आएको छ ।
नेपाल देखि ख्यातिप्राप्त कलाकार जनगायक जीवन शर्मा , बद्रि पंगेनी ,सम्झना भण्डारी ,नारायण बिपी परियार ,विष्णु श्रीपालि ,राम गहतराज ,सुबोध पोख्रेल र अन्य स्थानीय कलाकारको पनि प्रस्तुति रहने आयोजले बताएका छन् ।
कार्यक्रम एन्ड्रयुगंजको सामुदायिक भवन (मुलचंद मेट्रोको नजिकै) बिहान ११ बजे देखि हुने छ।