अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा बुटवलमा प्रदर्शन
बुटवल । राजधानीमा विद्यार्थीमाथि भएको दमन विरुद्ध र बुटवललाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै अनेरास्वबियु र अनेरास्वबियु क्रान्तिकारीले बुटवलमा प्रदर्शन गरेकाछन् ।
उनीहरूले बुटवल क्याम्पसबाट मसालसहित प्रदर्शन गरेकाथिए । कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेले प्रदेशको राजधानी दाङ बनाउने खाका बनाएर लुम्बिनी अञ्चललाई धोका दिन खोजिएको बताए । प्रदर्शनमा व्यापक सहभागिता भएको विद्यार्थी नेता बालकृष्ण पाण्डेले बताए ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा तथा निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्न दबाब दिन वाम गठबन्धन अन्तर्गतका युवा र विद्यार्थी सङ्गठनले बुधवार काठमाडौँमा प्रदर्शन गरेकाथिए । सो प्रदर्शनमा केही विद्यार्थी नेताहरू घाइैते भएकाथिए ।
सरकारबिरुद्धको नाराबाजीसहित विद्यार्थी र युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कको शान्तिबाटिमामा पुगेर कोणसभामा परिणत भएको थियो ।
एमाले सम्बद्ध युवा सङ्घ र अनेरास्ववियु तथा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी र वाईसीएलका नेता कार्यकर्ता प्रदर्शनमा सहभागी थिए ।
इन्धनमा गरिएको मूल्यबृद्धि लगायत सरकारबिरोधी प्रदर्शनका क्रममा हिजो भएको झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलासहित दर्जनबढी नेता कार्यकर्ता घाइते भएका थिए ।
त्यसैको विरोधमा देशभर प्रदर्शन गर्ने कार्यक्रम अनुसार सबैतिर विरोध प्रदर्शन भइरहेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले राजीनामा र निर्वाचन आयोगले समानुपातिकको मतपरिणाम सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहनेछ ।
लुम्बिनी रिभ्युको सहयोगमा