रानीपोखरी उत्खनन : यस्तो भेटियो तथ्य - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

रानीपोखरी उत्खनन : यस्तो भेटियो तथ्य



रानीपोखरीमा पानी जम्मा गर्न निर्माण गरिएको पर्खाल मल्लकालीन भएको तथ्य फेला परेको छ ।

विज्ञ समूह गठन भएको ६ दिनपछि मंगलबारदेखि सो उत्खनन गर्ने क्रममा यस्तो तथ्य फेला परेको हो । आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

उत्खननका क्रममा ९ किसिमका मल्लकालीन इँट फेला परेको रानीपोखरी पूननिर्माणसम्बन्धी विज्ञ समूहका संयोजक विष्णुराज कार्कीले बताए ।

यसलगत्तै पोखरीको चारै सीमाना, बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म पुग्ने ब्रिजलगायत सम्पूर्ण क्षेत्रको उत्खखन गरिने कार्कीले बताए ।

विष्णुराज कार्की पुरातत्व विभागका पूर्वमहानिर्देशक समेत हुन् ।