जनक्रान्तीका लागि माओवादी केन्द्रसंग पनि एकता गरेर अगाडी बढ्नु पर्छ :बैद्य
काठमाडौँ, पुस १८ । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सबै माओवादी पार्टी सङ्गठित गर्ने निर्णय सहित त्यसको तयारीमा जुट्न नेता कार्यक्रतलाई आव्हान गरेको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासंग पार्टी एकताको अन्तिम तयारी रहेका मोहन बैद्यले भने “जनक्रान्तीका लागि माओवादी केन्द्रसंग पनि एकता गरेर अगाडी बढ्नुपर्ने हुनसक्छ । ”
एभरेष्टदैनिकसंगको छोटो कुराकानीमा बैद्यले भने “माओवादी केन्द्र एमालेमा विलय हुन लागेकाले त्यसबाट असन्तुष्ट माओवाद मान्नेहरुलाई हामीले समेट्नुपर्छ । ठुलो जमात असन्तुष्ट रहेकाले सच्चा क्रान्तिकारीहरूको एकता आवश्यक छ हामी सबै माओवादीहरुलाई हाम्रो एकता प्रक्रियामा सहभागी हुन आव्हान गर्दछौँ ।”
माअाेवादी केन्द्रका असन्तुष्ट नेताहरुसंग एकताकाे कुरा भएकाे हाे भन्ने प्रश्नमा बैद्यले भने “अाैपचारिक त्यस्ताे कुरा भएकाे त छैन तर जनयुद्ध र माअाेवादलार्इ नै मेटाएर जाने सम्मका कुरा आए अब के गर्ने भन्ने अनाैपचारिक कुराकानी भएका छन् । “