प्रचण्डको खुलासा: एमाले र माओवादी बाबुराम भट्टराईको एजेन्डामा प्रवेश गरे
काठमाडौं ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रचण्डसँगको भेटमा भट्टरार्इ पत्नी हिसिला यमी पनि थिइन् । भेटमा अध्यक्ष प्रचण्डले संयोजक भट्टराईलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका थिए । “प्रचण्डजीले बाबुरामलाई हामी पनि तपाईंहरुकै एजेण्डामा आइपुग्यौं भन्दै मूलधारको राजनीतिमा आउन आग्रह गर्नुभयो,”
बाबुरामले ल्याएको आर्थिक विकास र समृद्धिको एजेन्डा कार्यान्वयनका लागि प्रचण्डले माओवादीमा या बाम ध्रुवीकरणमा आउन आग्रह गरेको उनले बताइन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एमालेसँगको पार्टी एकता र नयाँ सरकारको बारेमा आफूहरुले जानकारी लिएको यमीले जानकारी दिइन् ।
“चुनावको बेलामा देशको स्थायित्वलाई भनेर एमालेसँग चुनावी तालमेल र पार्टी एकताको कुरा गरेको हो,” भेटमा प्रचण्डलाई आफूहरुले राखेको जिज्ञासाबारे उनले भनिन्, “न एमालेसँग पार्टी एकता भएको छ, न नयाँ सरकार गठन भएको छ । हामी त देशले स्थायित्व लेअस्, मुलुकले समृद्धि हासिल गरोस् भनेका छौं ।”