झलनाथको स्वास्थ्यमा फेरी समस्या: अस्पताल भर्ना गरियो - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

झलनाथको स्वास्थ्यमा फेरी समस्या: अस्पताल भर्ना गरियो



काठमाडौ- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा फेरी समस्या देखिएको छ । उच्च ज्वोरो आएपछि उनलाई अस्पताल भर्ना भएको छन।

यसअघि लामो समय अस्पताल बसेर डिस्चार्ज भएका खनाललाई चार दिनदेखि लगातार उच्च ज्वरो आएपछि सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

उनलाई अहिले आकस्मिक कक्षमा भर्ना गरिएको र प्रारम्भिक चेकजाँचमा रगतको कमी देखिएको बताइएको छ ।

यसअघि मृगौलाको समस्या भएका उनलाई कोरोना संक्रमण देखिएर लामो समय नर्भिक अस्पतालमा उपचार गराएका थिए ।