प्रर्दशनकारीविरुद्ध कठोर बन्न प्रहरीलाई कडा निर्देशन - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

प्रर्दशनकारीविरुद्ध कठोर बन्न प्रहरीलाई कडा निर्देशन



काठमाडौं- प्रर्दशनकारीविरुद्ध कठोर बनेर आन्दोलन दबाउन सरकारले प्रहरीलाई कडा निर्देशन दिएको छ । सरकारविरुद्ध हुने क्रियाकलाप जस्तोसुकै कदम चाल्न गृह मन्त्रालयले निर्देशन दिएको बताइएको छ।

सरकारविरुद्धको आन्दोलन चर्किनसक्ने सम्भावना रहेकाले गृह मन्त्रालयले यस्तो निर्देशन दिएको बताइएको छ । अनौपचारिक रुपमा दिइएको निर्देशनमा देशभर हुनसक्ने प्रर्दशनलाई निस्तेज पार्न भनिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गरेपछि विपक्षी दलहरुले सरकारविरुद्ध आन्दोलनमा उत्रिन आह्वानसमेत गरेका छन् ।

तर, सुरक्षा निकायले महामारीको बढ्दो त्रासका कारण प्रर्दशनमा कमी आएको निष्कर्ष निकालेका छन् । सरकारी अधिकारीले भने सरकारविरुद्धको आन्दोलन नभई निषेधाज्ञा मिच्ने क्रम बढेकाले कडाई गर्न भनिएको दाबी गर्दै आएका छन् ।