ओलीले गरेको निर्णयको विरोधमा उत्रिए योगेश भट्टराई - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

ओलीले गरेको निर्णयको विरोधमा उत्रिए योगेश भट्टराई



काठमाडौँ–एमालेका नेता माधवकुमार नेपालको साथ छोडेका नेता योगेश भट्टराईले नेपाल समूहमाथि ओली समुहले अगाडी बढाएको कारबाहीको बिरोध गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार पार्टीको बैठक बोलाएर माधव नेपालसहितका नेताहरुलाई कारबाहीको प्रक्रिया सुरु गरेपछि भट्टराईले चर्को असन्तुष्टि जनाएका छन् । उनले नेताहरुलाई आफ्नो विगत हेरेर धैर्य गर्न र संवाद गर्न आह्वान पनि गरेका छन्।

उनले भनेका छन्, ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्‍याएको छैन र पुर्‍याउँदैन पनि। पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौँ, संवाद गरौं ।’

भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्।