धनराज गुरुङ भन्छन्: संविधान च्यात्नेलाई हजुर भन्न सकिन्न ओलीजी - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

धनराज गुरुङ भन्छन्: संविधान च्यात्नेलाई हजुर भन्न सकिन्न ओलीजी



काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली नेता धनराज गुरुङले नेपाली जनताको दुःखले आर्जेको गणतान्त्रिक नेपालको संविधान च्यात्ने राष्ट्रपतिलाई हजुर भन्न नसकिने बताएका छन् ।

कांग्रेस सभापति देउवाले राष्ट्पतिलाई उच्च आदरार्थी शब्द प्रयोग नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएपछि उनले नेपालको संविधान च्यात्नेलाई हजुर भन्न नसकिने बताएका हुन्।

सामाजिक सञ्जालमार्फत नेता गुरुङले आफूहरू इतिहासमा निरङ्कुश शासकहरूविरुद्ध लडेको र प्रधानमन्त्री र राष्ट्रपतिको निरङ्कुश शासनविरुद्ध रगत बगाउन तयार रहेको बताएका छन् ।

उनले लेखेका छन् ‘नेपाली जनताको दुखले आर्जेको गणतान्त्रिक नेपालमा सितल दरबारमा बसेर बारम्बार जनताको संबिधान च्यात्नेलाई ‘हजुर’ भनिदैन। क. ओलीजी ! चेतना भया ?’

तर नेपाली जनताको दुखले आर्जेको गणतान्त्रिक नेपालमा सितल दरबारमा बसेर बारम्बार जनताको संबिधान च्यात्नेलाई “हजुर” भनिदैन।
क. ओलीजी ! चेतना भया?!