आन्दोलन रोक्न कोरोनाको सहारा: जनतालाई घर बाहिर निस्कन रोक लगाइयो - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

आन्दोलन रोक्न कोरोनाको सहारा: जनतालाई घर बाहिर निस्कन रोक लगाइयो



काठमाडौं- प्रतिनिधि सभा विघटन गरेको सरकारले कोरोना माहामारीको आड लिएर सरकारविरोधी क्रियाकलापलाई निषेध गर्ने देखिएको छ ।

सम्भावित विरोध प्रदर्शन रोक्न सरकारले कडाइ गरिसकेको छ । शनिबार गृहसचिव महेश्वर न्यौपानेले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक बोलाएर सरकार विरोधी प्रदर्शनलाई निस्तेज पार्न निर्देशन दिएका छन् ।

त्यस्तै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्वसाधारणलाई घर बाहिर निस्कन नदिन निर्देशन दिएका छन् ।

मन्त्रालयमातहतको सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर उनले सरकारले निषेधाज्ञा पनि जारी गरेको अवस्थामा हुनसक्ने सम्भावित प्रदर्शन राेक्न निर्देशन दिएका हुन् ।

सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै कोरोनाको प्रवाह नगरी केही जिल्लामाविरोध प्रदर्शन शुरू भएका छन् । शनिबारै नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले राष्ट्रपति निवास अगाडि विरोध प्रदर्शन गरेको थियो ।

सबै संकेतले कोरोनालाई देखाएर प्रतिनिधिसभा विघटनसँगै हुनसक्ने प्रदर्शनलाई निस्तेज पार्न खोजेको देखिन्छ ।