ओली, ठाकुर र महतोबीच बालुवाटारमा छलफल जारी
काठमाडौं- सरकारमा सहभागी हुनेबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन्।
पूर्व सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारमा सहभागी हुनेबारे अहिले ठाकुर र महतोले छलफल गरिरहेको बताइएको छ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले शुक्रबार प्रतिनिधि सभा विघटन गरेपछि जसपाको ठाकुर र महतोले ओलीलाई सहयोग गर्ने बताएका छन्। उनीहरुले विघटनको कदमको बचाउ गर्दै आएका छन्।