ओलीले थाले खनाल-नेपालसहित ११ नेतामाथि कारबाही - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

ओलीले थाले खनाल-नेपालसहित ११ नेतामाथि कारबाही



काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया थालेको छ ।

शनिबार बालुवाटारमा बसेको उनी पक्षीय स्थायी कमिटी बैठकले ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने र उनीहरुको जबाफ अनुसार थप कारवाही अघि बढाउने निर्णय गरेको हो ।

माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन ।