कानुनविद्सँग परामर्शमा जुटे विपक्षी गठबन्धन - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

कानुनविद्सँग परामर्शमा जुटे विपक्षी गठबन्धन



काठमाडौं- प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि विपक्षी पाँच दल तात्तिएका छन् । बिहान संयुक्त विज्ञप्ति जारी गरेका विपक्षी गठबन्धनले अहिले भने कानुनी परामर्शमा जुटेका छन् ।

विपक्षी गठबन्धनलेप्रधानमन्त्रीले चालेको कदमका सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्न लागेको बताइएको छ । शिर्ष नेताहरू जुटेर कानुनविदसँग परामर्श गर्ने तयारी गरेको एक नेताले बताए ।

नेताहरू जम्मा भएर केहीबेरपछि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेको ति नेताले जानकारी दिए ।

शनिबार बिहान विपक्षी गठबन्धनको बैठकले राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाउने १४९ जना सांसदले नै सर्वोच्चमा रिट दायर गर्ने निर्णय गरेका थिए । अब भने अदालती प्रक्तियामा कसरी जाने र अबका कदम कस्ता हुने बिषयमा छलफल गर्ने बताइएको छ ।