जसपाका नेता पक्राउ
काठमाडौं- गोली हानेको आरोपमा प्रहरीले जसपाका एक नेतालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–१ घर भएका ३९ वर्षीय ओमप्रकाश यादवसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तु नगरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेलाई गोली हानेको आरोपमा जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला समिति सदस्य पक्राउ परेका हुन् । उनीसँगै प्रहरीले ३३ वर्षीय साकिर अलि पाखियालाई पनि पक्राउ गरेको छ ।

जेठ ५ मा राती उनीहरुले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका थिए । गोली लागेर घाइते भएका कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमानको उपचार भइरहेको छ ।