विपक्षी गठबन्धनको संयुक्त बैठक बानेश्वरमा जारी - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

विपक्षी गठबन्धनको संयुक्त बैठक बानेश्वरमा जारी



काठमाडौं – विपक्षी गठबन्धनको संयुक्त बैठक बानेश्वरमा जारी छ। प्रतिनिभिसभा विघटनको निर्णयलाई लिएर छलफल गर्न गठकन्धनको बैठक बसेको हो। बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको हो।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), जसपा तथा माधव नेपाल पक्ष पनि सहभागी छ। सो पक्षबाट नेपाल आफै सहभागी छन्।

१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिमा गरिएको दाबी अस्वीकृत गर्दै संसद विघटनको बाटो रोजेको भन्दै विपक्षी गठबन्धनले आफ्नो रणनीति बनाउन लागेको हो।

बैठकमा विघटनविरुद्ध १४९ सांसदसहित सर्वोच्च अदालतमा रिट हाल्नेबारे छलफल हुने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए।

कानुनी र राजनीतिक दुबै तरीकाबाट लडाइँ लड्ने विपक्षीको तयारी छ।