संसद ब्युँतिने व्यवस्थाबारे सभामुखले थाले परामर्श - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

संसद ब्युँतिने व्यवस्थाबारे सभामुखले थाले परामर्श



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मध्यरातमा संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सघन छलफल सुरु गरेका छन् ।

विभिन्न राजनीति दलका शीर्ष नेता र संविधानविद्सँग सभामुख सापकोटाले सघन छलफलमा जुटेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

‘विकसित राजनीतिक घटनाक्रम र निकासबारे सभामुख ज्यु सरोकारवालाहरुसँग सघन छलफलमा जुट्नुभएको छ,’ सापकोटाले भने, ‘छलफलपछि सायद उहाँको धारणा पनि आजै सार्वजनिक हुनेछ ।’

अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी थिइन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।