गोकुल बास्कोटाको कडा टिप्पणी: विधि र पद्दति कर्णालीमा सेलाउनु - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

गोकुल बास्कोटाको कडा टिप्पणी: विधि र पद्दति कर्णालीमा सेलाउनु



काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले जनताले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालमाथि कडा व्यंग्य गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनले टिप्पणी गर्दै विधि र पद्दति कर्णालीमा सेलाउनु भन्दै व्यंग्य गरेका हुन् ।

उनले जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समिकरणदेखि समिकरणसम्मको गोलचक्करमा रिङ्गाउने षडयन्त्र समाप्त भएको बताएका छन्।

उनले अब इच्छा अनुसारको समिकरण बनाएर चुनावी मैदानमा उत्रन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड–र एमालेका वरिष्ठ नेता माधव नेपाललाई आग्रह गरेका छन्।

जनताले साथ दिए चौकादाउ हान्न पनि उनले आग्रह गरेका छन्। जनताले कोल्याप्स हान्दिए भने गुनासाे नगर्न पनि उनको आग्रह छ।

‘अब माधव–प्रचण्डले कुण्ठित इच्छा अनुरुपको समिकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु, जनताले कोल्याप्स हान्दिए भने सक्यो’, बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘गुनासोको काम छैन। विधि,पद्दति लगेर कर्णालीमा सेलाउनु।’