संकटकाल लगाएर चुनाव गर्न कमल थापाको प्रस्ताव - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

संकटकाल लगाएर चुनाव गर्न कमल थापाको प्रस्ताव



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अबको कार्यदिशा स्वास्थ्य संकटकाल र चुनाव हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव मिति तोकेपछि थापाले ट्वीटरमा यस्तो लेखेका हुन्।

‘अबको कार्यदिशा’ उल्लेख गर्दै थापाले पाँच बुँदामा आफ्नो धारणा राखेका छन्।

जसअन्तर्गत पहिलो नम्बरमा स्वास्थ्य संकटकाल घोषणा, त्यसपछि क्रमश: सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी ३ महिनाभित्र कोरोना महामारी नियन्त्रण गर्ने, आम नागरिकलाई खोपको व्यवस्था गर्ने, चुनाव निष्पक्ष/स्वतन्त्ररूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने तथा चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने थापाको ‘कार्यदिशा’ मा उल्लेख छ।

यस्तो छ उनले लेखेको कार्यदिशा

अबको कार्यदिशा:
-स्वास्थ संकटकाल घोषणा,
-सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालनगरी ३महिना भित्र कोरोना महामारी नियन्त्रण गर्ने,
-आम नागरिकलाई खोपको व्यवस्था गर्ने,
-चुनाव निष्पक्ष/स्वतन्त्ररूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने,
-चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने