माधव नेपालको साथ छोडेर योगेश भट्टराई ओली समुहमा - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

माधव नेपालको साथ छोडेर योगेश भट्टराई ओली समुहमा



काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता योगेश भट्टराईले माधव नेपालको साथ छोडेका छन् । लामो समयदेखि नेता नेपाललाई साथ् दिइरहेका योगेशले महत्वपुर्ण समयमा उनको साथ् छोडेका छन् ।

नयाँ सरकार गठनको निर्णायक दिन नेपाल समूह छोडेका भट्टराईले इतिहासको कठोर मूल्याङ्कनमा खडा भएको बताएका छन् । पछिल्लो समय बालुवाटारसँग नजिक देखिएका योगेश अन्तत: प्रधानमन्त्री ओलीलाई समर्थन गरेका छन् ।

नेकपाबाट सुरू भएको पार्टी विवादमा नेपाल समुहलाई साथ् दिँदै मन्त्री पद सम्म त्यागेका उनले शुक्रबारदेखि यो समूह छोडेको ओली समुहका एक नेताले बताए । ति नेताका अनुसार केहि दिनदेखि योगेश बालुवाटारको लगातार सम्पर्कमा थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि मन्त्री पदबाट राजीनामा दिएका भट्टराई अन्ततः ओली समूहमै फर्किएका छन्। संविधानको धारा ७६ को उपधारा ५ अन्तरगतको सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भट्टराईले हस्ताक्षर गरेका थिएनन्।

योगेशले यसको छनक दिने स्टाटस पनि सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।उनले यसलाई पार्टी एकतालाई जोगाउन सकिन्छ कि भनेर यस्तो निर्णय गरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।’