योगेश भट्टराई तनावमा - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

योगेश भट्टराई तनावमा



काठमाडौँ- नेकपा एमाले नेता योगेश भट्टराई तनावमा परेका छन् । उनले आफू तनावमा भएको आसय सहितको सन्देश जारी गरेका छन् ।

सन्देशमा भट्टराईले आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन भएको बताएका छन्।

शुक्रबार साँझ उनले सामाजिक सञ्जालमा नेकपा एमालेको पार्टी एकता जोगाउन आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नगएको बताएका छन्।

उनले भनेका छन् , ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’