विश्वासको मतबाट भागेका ओलीले कसरी देखाए बहुमत ? - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

विश्वासको मतबाट भागेका ओलीले कसरी देखाए बहुमत ?



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले बहुमत पुग्दैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्री केपी शर्मा ओली बहुमतको दाबी गर्दा दुनियाँ हाँसेको टिप्पणी गरेका छन् ।

बहुमत नभएको भन्दै संसदबाट विश्वासको मत नलिई नयाँ सरकारका लागि मार्गप्रशस्त गरेका ओली फेरि राष्ट्रपतिसमक्ष १५३ सांसदको साथ रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरेपछि शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्रीको कदमबाट लाज स्वयं लगाएको समेत उल्लेख गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अलमलमा परेर संस्थाको गरिमा नघटाउन आग्रह गरेका छन् ।

बहुमत छैन´ भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीलेबहुमत छ´ भनेर फेरि दाबि गर्दा दुनियाँ हांसेको छ ! लाज स्वयं लजाएको छ ! उनले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति महोदया ! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो l अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ?’

विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अघि सारेपछि ओलीले १५३ सांसदको साथ रहेको भन्दै संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गरेका छन् ।