प्रधानमन्त्रीमा देउवा र ओलीको दाबी: कानुनी परामर्श गर्दै राष्ट्रपति - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

प्रधानमन्त्रीमा देउवा र ओलीको दाबी: कानुनी परामर्श गर्दै राष्ट्रपति



काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र माधवकुमार नेपाललगायतका नेताहरू राष्ट्रपति कार्यालय पुगेर सरकारको दाबीको पत्र दर्ता गराएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दाबी पेश गरेको र महान्याधिवक्तासँग सल्लाह गरेर निर्णय लिने विपक्षी गठबन्धनलाई जानकारी गराएकी छिन्।

‘हामीले १४९ सांसदको हस्ताक्षरसहित सरकार बनाउने दाबी पेश गरेका छौं,’ शीतल निवास पुगेका कांग्रेसका एक नेताले भने,‘प्रचण्डजी, माधवजी, उपेन्द्रजीलगायतका नेताहरू आफैं गएर राष्ट्रपतिलाई भेट्नु भएको छ। राष्ट्रपतिले प्रधानमन्त्रीको पनि दाबी आएकोले कानुनी सल्लाह गर्ने भन्नु भएको छ।’