पुरै एमाले र पुरै जसपाको समर्थन कसरी पाए ओलीले ?
काठमाडौं- माधव नेपाल २७ सहित सिङ्गै एमालेको १२१ र जसपाको पनि भएभरका बत्तिसै साँसदको समर्थन आफूसङ्ग रहेको काउण्टर दावी प्रधानमन्त्री केपी ओलीले रास्ट्रपतिसामु पेश गरेका छन् ।
यसो गर्दा १५३ पुग्छ । उता देउवाले १४९ को हस्ताक्षर लिएर दर्ताको निम्ति पर्खाइमा हुनुहुन्छ ।
ओलीद्वारा आफूसङ्ग भनी दावी गरिएका एमाले र जसपाका कैयन नेता अहिले “यिनले दिउँसै रात पारे” भन्दै देउवासङ्ग शीतल निवासमै छन् ।
रास्ट्रपतिले अब यही संख्यामा खेल्ने र प्रक्रिया तलमाथि हुने पर्यवेक्षकहरु बताउँछन् ।