प्रधानमन्त्रीको प्रश्न: भारत र अमेरिकामा लाखौँ मान्छे मरे, नेपालमा के भएको छ र ? - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

प्रधानमन्त्रीको प्रश्न: भारत र अमेरिकामा लाखौँ मान्छे मरे, नेपालमा के भएको छ र ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राष्ट्रहरूमा कोरोना संक्रमणका कारण लाखौँ मानिसले ज्यान गुमाएकाले नेतालमा यसलाई ठुलो कुरा मान्न नसकिने बताएका छन् ।

बालुवाटारमा शुक्रबार आयोजना गरिएको सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आलोचना गर्न सजिलो भएको भन्दै भारत र अमेरिकामा लाखौँ मान्छे मरेको भन्दै महामारी नियन्त्रण गर्न समय लाग्ने बताए ।

निर्वाचनको प्रसंगमा उनले निर्वाचन स्वेच्छाले मात्रै नहुने बिषय भएकाले जनताले भोट हाल्दा सावधानी अपनाए भैहाल्यो नि भन्ने तर्क गरे । उनले दुरी कायम गरेर पनि निर्वाचन गर्न सकिने बताएका छन् ।

उनले भने, ‘अमेरिकाको निर्वाचन यस्तै बेलामा भयो, नेपालमा पनि मास्क लगाएर मत दिन सक्छन्,” उनले भने, “भारतगायतका मुलुकमा पनि निर्वाचन भएका छन् । निर्वाचन स्वेच्छाले मात्रै गर्ने कुरा हुँदैन । निर्वाचन रोक्नुहुँदैन । मैले भनेको बेलामा चुनाव भएको भए दुरी कायम गरेर गर्न सकिन्थ्यो ।’

उनले अगाडी भने, ‘अमेरिकामा, ब्राजिल, इटलीमा कत्तिको म्यानेज गरियो ? नेपालमा भएन भन्ने ? सामान्य स्वास्थ्य क्षमताभन्दा बढी भएकाले नै महामारी भनिएको हो । क्षमताभित्र भएको भए सामान्य भन्न सकिन्थ्यो । भारत र अमेरिकामा लाखौँ मान्छे मरे, आलोचना गर्न सजिलो छ, महामारी नियन्त्रण गर्न केही समय लाग्छ ।”