ओलीविरुद्ध नलाग्न सांसदहरूलाई ठाकुर–महतोको निर्देशन - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

ओलीविरुद्ध नलाग्न सांसदहरूलाई ठाकुर–महतोको निर्देशन



काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक सकिएको छ। बैठकमा नेताहरूले सांसदलाई ओलीको पक्षमा लाग्न आदेश दिएका छन् ।

बैठकमा महन्थ ठाकुर र वरिष्ठ नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिबारे जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले आफूहरूले उठाएको माग पूरा गर्नका लागि सकारात्मक कदम चालेको उनीहरूले बताएका थिए ।

संविधान संशोधनका लागि कार्यदल गठनको सहमति भएको जानकारी उनीहरूले गराएका थिए। उनीहरूले यस्तो अवस्थामा ओलीविरुद्ध जान नसकिने बताएका थिए ।