रणनीति बनाउन माधव नेपाल समूहको भेला सिंहदरबारमा
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भेला हुन थालेका छन् । हदरबारस्थति् संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा अहिलेसम्म त्यहाँ १२ जना सांसद भेला भएका छन्।
आगामी रणनीति तय गर्न उनीहरू छलफलमा जुटेका हुन् । अरु सांसदहरू आउने क्रम जारी छ। नेता नेपाल भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेका छन्।
त्यहाँ देउवा, नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हुँदैछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका आह्वान गरेकी थिइन्। जुन समय आज साँझ ५ बजे सकिँदैछ।
विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति बनाउने चरणमा छन्। यसमा एमालेको नेपाल समूहले पनि साथ दिने सम्भावना देखिएको छ।