प्रधानमन्त्री ओलीले डाके पत्रकार सम्मेलन - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

प्रधानमन्त्री ओलीले डाके पत्रकार सम्मेलन



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले १२: ३० मा बालुवाटारमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

ओलीले बिहिबार नेपालको संविधान धारा ५ अनुसार नयाँ सरकार गठनको लागि बाटो खुल्ला गर्ने निर्णय गरेका थिए ।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मका लागि बहुमत सहितको सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।

आज नयाँ सरकार गठन र राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन विपक्ष दल छलफलमा जुटेका छन् । ओलीको उक्त पत्रकार सम्मेलनलाई चासोको रुपमा हेरिएको छ ।