राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता हुँदै - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता हुँदै



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिट सर्वोच्च अदालतमा पुगेको छ । राष्ट्रपतिले असंवैधानिक तरिकाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको भन्दै रिट पुगेको हो ।

नयाँ सरकार गठन गर्न संविधानको धारा ७६(५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै अधिवक्ता सन्तोष भण्डारीलगायतले सर्वोच्च अदालतमा रिट लागेका छन् ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर रिट दायर गर्नका लागि अदालतमा पेश गरेका हुन् । रिट दर्ता हुने प्रक्रियामा रहेको सर्वोच्च बताइएको छ ।

रिटमा साथै राष्ट्रपतिको आह्वानले संविधानको उल्लंघन भइ संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने हुदा यो रिट निवेदनको टुंगो नलागे सम्म सो प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी अग्राधिकार समेत माग गरिएको छ ।