प्रचण्डलाई भेटेर उपेन्द्रले राखे नयाँ प्रस्ताव: प्रचण्ड देउवा निवास जाँदै
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नयाँ प्रस्ताव गरेका छन् ।
माओवादी स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार शुक्रबार अध्यक्ष प्रचण्डलाई भेट्न यादव बिहानै पुगेका थिए ।
यादवले पार्टीका अर्का महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा अघि सार्ने प्रस्ताव गरेको बताइएको छ । प्रचण्डले भने आफूहरू सबै विकल्पमा छलफल गर्न खुला रहेको जवाफ फर्काएका थिए ।
प्रचण्ड अहिले केहीबेरमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ जाँदै छन्।
प्रचण्डले देउवासँगको सबै विकल्पमा छलफल गर्ने बताइएको छ । देउवा-प्रचण्ड भेटपछि माओवादी स्थायी समिति बस्नेछ ।