राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउन माग - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउन माग



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले राजनीतिक दलहरूले नयाँ सरकार गठन गरेर प्रधानमन्त्री केपी शर्मा ओली र महाभियोग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्नुपर्ने बताएका छन्।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताएका हुन् ।

‘गनगन गरेर नबसौं । सुझबुझ पुर्‍याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं’, उनले उल्लेख गरेका छन् ।