कांग्रेसको आकस्मिक बैठक बस्दै: यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

कांग्रेसको आकस्मिक बैठक बस्दै: यस्ता छन् एजेण्डा



काठमाडौं- प्रधानमन्त्री पद खाली नभइ राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ ।

हिजो (बिहिबार) राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले विज्ञप्ति जारी गर्दै पदाधिकारीसहितको बैठक बोलाएको हो।

सभापति देउवा निवास बुढानिलकण्ठमा विहान ९ बजेपछि बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णयबारे आधिकारिक धारण बनाउनेछ ।

बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका अधिकारी र केहि प्रभावशाली नेताहरुलाई पनि आमन्त्रण गरिएको छ ।