एमाले र जसपाका सांसदको हस्ताक्षर बोकेर ठाकुर र महतो मध्यरातमा पुगे शितलनिवास
काठमाडौं- मध्यरातमा जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।
राष्ट्रपति भण्डारीले सरकार गठनको आह्वान गरेकाले उनीहरू नयाँ सरकार बनाउन नेकपा एमाले र जसपा सांसदहरूको सहमति सहितको हस्ताक्षर र लिखित पत्र लिएर शीतल निवास पुगेको जसपा स्रोतले बताएको छ।
प्रधानमन्त्री केपी ओलीको आग्रहपछि राष्ट्रपतिले आज मात्रै संविधानको धारा ७६(५) बमोजिम शुक्रबार साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न आह्वान गरेकी थिइन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न राष्ट्रपतिले आह्वान गरेको उल्लेख गरिएको छ ।