जब बैठकमै प्रधानमन्त्री ओलीको 'मुड अफ' भयो - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

जब बैठकमै प्रधानमन्त्री ओलीको ‘मुड अफ’ भयो



काठमाडौं- सर्वोच्च अदालत र राष्ट्रिय सभाको निर्वाचनले बिहीबारदेखि राजनीतिक माहोल नै परिवर्तन गरिदिएको छ । यी दुई घटनाले प्रधानमन्त्री केपी ओलीको पनि मूड परिवर्तन बनेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि ओलीले यसको छनक दिए ।

बैठकमा सहभागी मन्त्रीहरूका अनुसार ओली पहिलेजस्तो मुद्रामा थिएनन् । हेटौडामा जारी राष्ट्रिसभाको उपनिर्वाचनबारे छलफल हुँदा माधव नेपाल समुहले आफ्नो निर्देशन नमानेको बताउँदै अफ्ठ्यारो महसुस भएको बताएका थिए ।

बैठकमा उपचुनावको नतिजाले प्रधानमन्त्रीलाई पारा तातेको देखिन्थ्यो छुटाएकै थियो, स्थायी कमिटी बैठक चलिरहँदा सर्वोच्च अदालतले गैर सांसद मन्त्रीहरूको नियुक्ति बदर गरिदियो । त्यसले ओली थप तनावमा देखिएका थिए ।