स्वास्थ्य संकटकालको तयारी: प्रधानमन्त्रीले प्रधानसेनापतिलाई बालुवाटार बोलाए - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

स्वास्थ्य संकटकालको तयारी: प्रधानमन्त्रीले प्रधानसेनापतिलाई बालुवाटार बोलाए



काठमाडौं- कोरोना महामारी नियन्त्रण बाहिर जान लागेको भन्दै चतार्फी आलोचनाको शिकार बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको बुझिएको छ ।

त्यसबारे परामर्श गर्न प्रधानमन्त्री ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई बालुवाटारमा बोलाएको स्रोतले बताएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी रहंदा थापा बालुवाटार पुगेका छन् ।

प्रधानसेनापति थापा उनी केही बेरअघि बालुवाटार प्रवेश गरेका हुन् । नेकपाको बैठकपछि बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक पनि डाकेका छन्।

त्यसबाट लिने कुनै निर्णयबारे परामर्शका लागि ओलीले थापालाई बालुवाटार बोलाएको हुनसक्ने आकलन गरिएको छ। कोरोना महामारी बढ्दै जाँदा सरकारले स्वास्थ्य संकटकाल लगाउनुपर्ने माग बढिरहेको छ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।