प्रधानमन्त्री ओलीलाई कारबाही गर्न कांग्रेसले दियो उजुरी - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

प्रधानमन्त्री ओलीलाई कारबाही गर्न कांग्रेसले दियो उजुरी



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै उजुरी दिएको छ । कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ओलीविरुद्ध उजुरी दिएको हो ।

बागमति प्रदेश राष्ट्रि सभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचन संहिता उल्लङ्घन गरेको भन्दै कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा आज उजुरी दर्ता गराएको हो ।

बागमति प्रदेश राष्ट्रि सभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचन संहिता उल्घन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मत माग्ने वक्तव्य दिएकोमा त्यसको संसदीय दल कार्यसमितिको बैठकले घोर भत्सर्ना गरेको समेत उजुरीमा उल्लेख छ ।

“निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ,” बैठकको निर्णयसहित उजुरीमा भनिएको छ ।