माओवादी केन्द्रको स्थायी समिति बैठक शुरू
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ।
बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टीपंक्ति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिने बताइएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय गर्न माओवादीले स्थायी समिति बैठक बोलाएको हो ।
कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएकाले पार्टीका तर्फबाट गर्न सकिने कामबारे आाजको बैठकमा छलफल बताइएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका सन्दर्भमा पार्टीले गर्नसक्ने कार्यक्रमका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्शसमेत गरेका थिए।
बुधबारको छलफलका क्रममा चिकित्सक तथा विज्ञहरुले दिएको सुझावलाई समेटेर स्थायी समितिको बैठकले आवश्यक निर्णय गरी विभिन्न योजना र कार्यक्रम घोषणा गरिने एक सदस्यले बताए।