राप्रपाले पनि दिएन बादललाई भोट, देवकोटाको जित सुनिश्चित भएको दाबी - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

राप्रपाले पनि दिएन बादललाई भोट, देवकोटाको जित सुनिश्चित भएको दाबी



काठमाडौं- राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री रामबहादुर थापा “बादल” को दल परिवर्तनका कारण रिक्त पद पूर्ति निम्ति हेटौंडामा मतदान जारी छ । एमाले-माओवादी संयुक्त उम्मेदवार भएर बिजयी बादललाई अहिले फेरि एमालेले मैदानमा उतारेको छ ।

एमाले उम्मेदवारको पक्षमा मतदान गर्न ह्वीप लगाएको राप्रपाले भने अहिले बिपक्षी गठबन्धनका डा.खिमलाल देवकोटालाई मत दिएको बताइएको छ ।

बाग्मती प्रदेशभरिबाट राप्रपाले जितेको धादिङको रुबीभ्याली गाउँपालिका मात्रै हो । त्यहीँका अध्यक्ष चेवन तामाङ्ग र उपाध्यक्ष बीना तामाङ्ग पार्टी निर्देशन उल्लंघन गर्दै भर्खर भुटनदेवी माध्यामिक बिद्यालयको मतदान केन्द्रमा विवेकको मताधिकार प्रयोग गरेर बाहिरिएका छन् ।

एमालेको माधव-खनाल खेमाका नेताहरुले आफ्ना उम्मेदवारको बिजय सुनिश्चित रहेको दावी गर्न थालेका छन् ।

यो निर्वाचनमा एमालेबाहेक सबै पार्टी एकातिर छन् । विवेकशील तटस्थ बसेको छ भने नेमकिपाले आफ्नै उम्मेदवार उठाएको जनआस्थाले लेखेको छ ।