प्रधानमन्त्री ओलीले डाके आकस्मिक स्थायी कमिटी बैठक
काठमाडौं- प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको एक नेताले जानकारी दिएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने बताइएको छ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ ।
एमालेले विवाद निरूपणका लागि कार्यदल बनाएर काम सुरु गरिसकेको छ ।