प्रचण्डले गरे विज्ञसँग छलफल, भोली कोरोना नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

प्रचण्डले गरे विज्ञसँग छलफल, भोली कोरोना नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने भएका छन् ।

प्रचण्डले कोरोना महामारीबारे विज्ञ र चिकित्ससँग छलफल गरिसकेको र बिहिबार नियन्त्रणबारे कार्यक्रम घोषणा गर्ने उनको सचिवालयले जनाएको छ । प्रचण्डको निजी सचिवालयका अनुसार उनले पार्टी केन्द्रीय कार्यालय पेरिसडॉडामा उक्त छलफल गरेका हुन्।

‘आज हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडॉडामा अध्यक्ष कमरेड प्रचण्डले हाल माहामारीका रुपमा फैलिईरहेको कोभिड-१९ का बारेमा विज्ञ एवं चिकित्सकहरु संग छलफल, परामर्श गर्नुभयो,’ सचिवालयको विज्ञप्तिमा भनिएको छ।

बिहिबार स्थायी कमिटी बैठक बसेर यसको नियन्त्रण सम्बन्धी कार्यक्रम घोषणा गरिने बताइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलका क्रममा आएका सल्लाह एवं सुझावसहित पार्टीले भोलि बिहीबार बस्ने स्थायी समितिको बैठकबाट विभिन्न योजनाहरु र कार्यक्रमहरु निर्णय गरि घोषणा गर्ने कार्यक्रम रहेको छ।’