एमाले कार्यदलको बैठक बस्दै
काठमाडौं- नेकपा एमालेको कार्यदलको बैठक बुधबार पनि बस्दैछ । पार्टीभित्रको विवाद समाधनका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बस्न लागेको बैठकमा मंगलबारकै गरिएको कार्यविधिमा रहेर निरन्तर छलफल हुने बताइएको छ ।
मंगलबार बसेको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो ।
पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय पनि कार्यदलले गरेको थियो ।