माओवादी केन्द्रले डाक्यो स्थायी कमिटीको आकस्मिक बैठक
काठमाडौं- माओवादी केन्द्रले आकस्मिक रूपमा पार्टी स्थायी समिति बैठक बोलाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बैठक बोलाईएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
बैठकमा पार्टी राजनीति, उपनिर्वाचन, विश्वासको मत र कोरोना संक्रमण लगायतका समसामायिक विषयमा केन्द्रीत रहेर छलफल हुने ति नेताले जानकारी दिए ।
माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव लेखिरहेकोले र त्यसका लागि पार्टीको विचार, संगठन, नेता कार्यकर्ताको ब्यवस्थापन लगायतका विषयमा पनि सार्वजनिक सुझाव मागेकाले स्थायी समिति बैठक वस्न लागेको हो ।