रुकुम जाँदै गरेको बस दाउन्नेमा दुर्घटना: चार जनाको मृत्यु, ४९ जना घाइते
बुटवल- काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बस खस्दा ४९ जना घाइते भएको बताइएको छ ।
बुधबार विहान साढे ५ बजे बर्दघाट नगरपालिका ४ दाउन्नेको बाँसखोलामा बस खसेको बताइएको छ । दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भैरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।
दुर्घटनामा परि घाइतेहरुको प्रहरीले उद्दार गरि गम्भीर घाइतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
फाइल तस्विर