फेरि लमजुङमै गयो ५.६ म्याग्निच्युडको भूकम्प - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

फेरि लमजुङमै गयो ५.६ म्याग्निच्युडको भूकम्प



काठमाडौं- बुधबार बिहान केहि घन्टाको अन्तरालमा लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र अनुसार अहिले ८ बजेर २६ मिनेट जाँदा ५.६ म्याग्निच्यूडको भूकम्प गएको ।

काठमाडौं उपत्यकासम्म भूकम्पको धक्का महसुश भएको थियो । लगातार भूकम्पको धक्का गैरहँदा सर्वसाधारण त्रसित बनेका छन् । पछिल्लो धक्काबारे विस्तृत विवरण आउन बाँकी छ ।

बिहान ५ बजेर ४२ मिनेटमा पनि लमजुङको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले लमजुङमा केहि घर भत्किएका र केहि स्थानीय घाइते भएको बताइएको छ ।