भूकम्पले सात घर भत्किए, घाइतेहरूको उपचार हुँदै
लमजुङ-बुधबार बिहान लमजुङमा गएको भूकम्पमा सात वटा घर भत्किएका छन् । घर भत्किंदा केही स्थानीय घाइते भएका छन् ।
लमजुङको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा गएको ५ दशमलव ८ रेक्टर स्केलको भूकम्पले बेसिसहर ८ की उमा गुरुङलगायतको घर भत्किएको हो ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार ७ घर भत्किएको र केहि स्थानीय घाइते भएको लमजुङ प्रहरीले जनाएको छ । घाइतेको अहिले बेशीसहर अस्पतालमा उपचार भइरहेको छ ।