नेपालमा 'ट्रिपल म्युटेन्ट' कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

नेपालमा ‘ट्रिपल म्युटेन्ट’ कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि



काठमाडौं–नेपालमा ‘ट्रिपल म्युटेन्ट’ कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फेला परेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमुना परीक्षण गरिएकोमा ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो।

भारतमा भेटिएका डबल र ट्रिपल म्युटेन्ट कोरोना भाइरसको प्रकार नेपालमा फेला परेको हो। भारतमा यी नामले चिनिएका यी भाइरसलाई भेरियन्ट B.1.6 17.2 र B.117.1 नामकरण गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताएका छन्।

कोरोनाको नयाँ भेरियन्ट फेला परेकोबारे मन्त्रालयले मंगलबार विज्ञप्ति नै जारी गरेको छ। थप भेटिएका दुई नयाँसहित नेपालमा तीन किसिमका नयाँ भेरियन्ट पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले मे १० मा विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनेर घोषणा गरेको थियो। हाल पत्ता लागेका नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनले देखाएको छ।